Site icon Tukinetwork.com

कामना विकास बैंकको सेवामा स्तरोन्नती

सुन्दरहरैंचा / “प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक तथा सरल “Mobile Banking V5” सेवा प्रयोगमा ल्याएको छ । ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरि यो सेवा सार्वजनिक गरेको हो । सेवा प्रयोगकर्ताहरुले Biometric login, QR payment, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि, विद्युत र खानेपानी महशुल आदीको भुक्तानी,आफ्नो बैङ्कखाताको रकम अन्य बैङ्क तथा वित्तीय सस्थाको खातामारकमान्तर गर्न, E-SEWA मा जम्मा गर्न, Mobile top up गउगर्ने जस्ता भुक्तानीहरुमा सहयोगी हुने बैङ्कले जनाएको छ ।

Exit mobile version