Site icon Tukinetwork.com

पशुपतिनाथले हामीसबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्त ऋतुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख २४ गते भौमबार नेपाल सम्बत ११३९ वछलाथ्व तदनुसार सन् २०१९ मे ७ तारिक शुक्लपक्ष तृतीया तिथि राती २ वजेर ४९ मिनेटसम्म उप्रान्त चतुर्थी तिथि,रोहिणी नक्षत्र अपरान्ह ५ वजेर १२ मिनेटसम्म उप्रान्त मृगशिरा नक्षत्र,अतिगण्डयोग,तैतिलकरण, आनन्दादियोग मातङ्ग,सूर्य मेष राशीमा,चन्द्रमा राती ४ वजेर ५९ मिनेटसम्म वृष उप्रान्त मिथुन राशीमा ।

शुभ अशुभ मुहूर्त
शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३४ मिनेटबाट मध्यान्ह १२ वजेर २७ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–मध्यान्ह १२ वजेबाट १ वजेर ४० मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह ३ वजेर २० मिनेटबाट ४ वजेर ५९ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ८ वजेर ४१ मिनेटबाट १० वजेर २१ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ८ वजेर १ मिनेटबाट ८ वजेर ५४ मिनेटसम्म र राती १० वजेर ५६ मिनेटबाट ११ वजेर ४९ मिनेटसम्म रहनेछ ।

शुभ अशुभ दिन बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर १ मिनेटसम्म रोग वेला,७ वजेर १ मिनेटबाट ८ वजेर ४१ मिनेटसम्म उद्वेग वेला,८ वजेर ४१ मिनेटबाट १० वजेर २१ मिनेटसम्म चर वेला,१० वजेर २१ मिनेटबाट १२ वजेसम्म अमृत वेला,१२ वजेबाट १ वजेर ४० मिनेटसम्म अमृत वेला,१ वजेर ४० मिनेटबाट ३ वजेर २० मिनेटसम्म काल वेला,३ वजेर २० मिनेटबाट ४ वजेर ५९ मिनेटसम्म शुभ वेला र ४ वजेर ५९ मिनेटबाट सूर्यास्तसम्म रोग वेला रहनेछ ।

शुभ अशुभ रात्री बार वेला
सूर्यास्तबाट ८ वजेसम्म काल वेला,८ वजेबाट ९वजेर २० मिनेटसम्म लाभ वेला,९ वजेर २० मिनेटबाट १० वजेर ४० मिनेटसम्म उद्वेग वेला,१० वजेर ४० मिनेटबाट १२ वजेर १ मिनेटसम्म शुभ वेला,१२ वजेर १ मिनेटबाट १ वजेर २१ मिनेटसम्म अमृत वेला,१ वजेर २१ मिनेटबाट २ वजेर ४१ मिनेटसम्म चर वेला,२ वजेर ४१ मिनेटबाट ४ वजेर २ मिनेटसम्म रोग र ४ वजेर २ मिनेटबाट सूर्योदयसम्म काल वेला रहनेछ ।

शुभ अशुभ राशीफल
मेषः– लक्ष्य प्राप्तिको लागि मन,वचन र कर्मले लाग्नु होला । साथी भाई इष्टमित्रको भर पर्दा उपलब्धि गुमाउनु पर्ने अवस्था आउन सक्छ । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । नोकरी तथा राजनीति क्षेत्रबाट उपलब्धि कम हात लाग्नेछ । पहिचान नभएको विषय बस्तुमा लगानी नबढाउनु होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।

वृषः– दिन अनुकुल नै देखिन्छ । समयको महत्वलाई कत्ति पनि नभुल्नु होला । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । जति सक्रिय भएर लाग्यो उत्ति नै आफुलाई फाइदा हुनेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । यात्राको योग देखिन्छ । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । पेशा परिवर्तनको चाहान बढ्नेछ । साथी भाई सामान्य सहयोग मिल्नेछ ।

मिथुनः– दिन सहज देखिदैन । प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ला । काममा बाधा व्यवधान आउने छन् । कार्य लगनशिलता बढाउनु होला । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ । खर्च नियन्त्रणमा जोड दिनुहोला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । आपतमा सहयोग गर्ने कोहि हुने छैनन । मिथ्या अरोप लाग्न सक्छ ।

कर्कटः– समयले साथ दिनेछ काम गर्दा कत्ति पनि ढिलो नगर्नु होला । ढिलो गरेमा उपलब्धि गुम्नेछ । लगनशिल भई गरेका अधिकाँश कामबाट लाभान्वित हुनुहुनेछ । सहयोगको आशा धेरै नराख्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट मुनाफ धेरै हुनेछ । पढाई लेखाईमा खासै ध्यान जाने छैन । पारिवारिक सहयोग सामान्य मिल्नेछ ।

सिंहः– आत्म विश्वास,कार्य क्षमता र लगनशिलता बढ्नेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट मुनाफा । गएका ठाँउमा आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । सामाजिक दायित्व बढ्नेछ

कन्याः– समयको गति सगै काममा सुधार आउनेछ । गतिरोधहरु विस्तारै हटेर जाने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्नु होला आँशिक भए पनि सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको योग देखिन्छ ।

तुलाः– समयले कम साथ दिनेछ । काम गर्ने वातावरण मिलाउन सकिने छैन । मन अस्थिर बन्नेछ । गलत चिन्तनको शिकार भईनेछ । परिश्रमको प्रतिफल कम मिल्नेछ । धार्मिक विश्वास घट्नेछ । यात्रा कष्टपूर्ण हुनेछ । पठन पाठनमा भने सुधार आउनेछ । कुनै पनि काम गर्दा आफ्नो इज्जतको ख्याल राखेर गर्नु होला । अरुको भर नपर्नु होला ।

वृश्चिकः– समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । यात्राको सम्भावनालाई अझै नकार्न सकिन्न । पारिवारिक सहयोगमा धेरै काम बन्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।
काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा रुची जाग्नेछ । कमाएको धनलाई वचाउने प्रयास गर्नु होला ।

धनुः– असम्भवको ठाँउमा सम्भावनाका विरुवा रुपिनेछ । पुराना मुद्धा फस्र्योट हुने देखिन्छ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋण लगानीमा जोड नदिनु होला । मित्र चिनेर मात्र आर्थिक कारोवार गर्नुहोला । भय आतुरमा गरेका कामबाट हैरानी हुनेछ ।

मकरः– जीवन साथीको सहयोग लिएर काम गर्नु होला । हेचक्र्याई गरेर काम गरेमा नोक्सान बढि आफैलाई हुनेछ । कला सहित्यमा थोरै अभिरुची बढ्नेछ । पठन पाठनमा सामान्य प्रगति हुनेछ । साझेदारी काममा हात नहाल्नु होला ।

कुम्भः– मनमा अशान्ति बढ्नेछ । समस्याको पहिचान गरेर मात्र काममा अगाडि बढ्नु होला । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिने छ । आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । राजनीति चासो बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढाउदा दुःख पाईनेछ । श्रम बढि उपलब्धि कम हात लाग्नेछ ।

मिनः– दिन अनुकुल नै देखिन्छ । समयमा कामको टुङ्गो लगाउनु होला । इष्टमित्रको सहयोग कम मिल्नेछ भने साथी भाईबाट उचित सहयोग पाईनेछ । कार्य लगनशिलता घट्ने छैन । व्यापार व्यवसायबाट मनाफा राम्रै हात लाग्नेछ । पढाई र सन्तानको विषयलाई लिएर मनमा थोरै असन्तोष बढ्न सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।
ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु –पंडित श्रीकण्ठ सुराचार्य ।

Exit mobile version