Site icon Tukinetwork.com

चारआना सुन दाइजो दिन बाँकी हुँदा मनीषाकाे हत्या

सिरहा / सिरहा नगरपालिका–१४ खिरौनाकी मनीषाकुमारी मण्डलको हत्या भएको माइती पक्षले आरोप लगाएको छ । विवाह भएको ६३ दिनमा गत बिहीबार राति २१ वर्षीया मनीषा आफ्नै ओछ्यानमा मृत भेटिएकी थिइन् । उनका बाबु रघुनाथ मण्डलले छोरीलाई यातना दिएर हत्या गरी ‘मृत अवस्थामा भेटिएको’ भन्ने देखाउने षड्यन्त्र भएको आरोप लगाए ।, ‘७ वैशाखमा ज्वाइँसहित छोरीलाई बिदा गरेको थिएँ,’ उनले भक्कानिँदै भने, ‘यातनाका कारण छोरीको मृत्यु भएपछि बिरामी छे भन्ने खबर आयो, मोबाइलमा कुरा गर्न खोज्दा सुतिसकेकी छ भन्दै सम्धिनीले कुरासमेत गर्न चाहिनन् ।’

मण्डलका अनुसार करिब १५ लाख मूल्य पर्ने घडेरी नौ लाखमा बेचेर एक्ली छोरी मनीषाको गत १६ फागुनमा भएको विवाहमा कबोलअनुसारको चारआना सुन दिइएको थिएन । ‘त्यही सुनका कारण छोरीलाई घरमा पति, सासू, नन्दसहितले लगातार मानसिक तथा शारीरिक यातना दिन थालेको थाहा पाएपछि ३० चैतमा छोरीलाई घरमा ल्याएर ७ वैशाखमा बिदा गरेको थिएँ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

Exit mobile version