इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका १ स्थित भुटाहामा कारको ठक्करबाट १ जना घाईते भएका छन् । भारतीय नम्बर प्लेटको कारले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईलकमा सवार १ जना घाईते भएको स्थानीय प्रत्यक्षदर्शी अब्दुल रहिमले जानकारी दिए । शनिबार BR 38 0 ७ ०९ ६ नम्बरको भारतीय नम्बर प्लेटको कारले बा ६२ प ४२६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईलकमा सवार नाम नखुलेका १ जना घाईते भएको हो ।
मोटरसाइकल सवार व्यक्ति हरिनगर क्षेत्रको नभएको र उपचारका लागि विराटनगर लगेकोले घाइतेको नाम खुल्न नसकेको बुझिएको रहिमले बताए । भुटाहाका रिजवान अंसारीका १४ वर्षिय छोरा नईब आलमले चलाएको भारतीय नम्बर प्लेटको कार अनियन्त्रित भएर मोटरसाईकललाई ठक्कर दिएको थियो ।
