सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय अगाडी महिलाहरुको विवाद हुदा हात हालाहालको स्थिति बनेको छ । इनरुवाकै एक महिला श्रीमान बिदेश भएको अबस्थामा सम्पर्क बिहिन बनेको र अहिले श्रीमान बिदेशबाट फर्किन लाग्दा घर आएको बिषयको विवादको छलफल हुदा नाताले सम्दी, सम्दिनी बिच हात हालाहाल भएको हो । जहाँ छलफल भइरहेको अबस्थामा एक महिलाले अर्काे महिलालाई कपाल भुतल्याउदै लडाएर कुटपिट गरिएको छ । कुटपिटबाट महिला बेहोस बनेकी थिइन ।
सासुले आफ्नी छोरीलाई घरमा छिर्न नदिएको बिषयमा सम्दी सम्दीनी बिच प्रहरी कार्यालयको महिला सेलमा छलफल गर्न भनि जिप्रका आएका थिए । तर प्रहरी कार्यालय अगाडीको बिद्यालयमै दुवै पक्ष बिच विवाद हुदा हात हालाहालको स्थिति बनेको बताइएको छ । कुटपिटमा संलग्न केही महिलालाई भने प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
