Site icon Tukinetwork.com

पानीका मुहान भटाभट सुक्न थालेपछि बस्ती सार्दै स्थानीयवासी


काठमाडौं । करोडौं ठगी र संगठित मानव तस्करी आरोपमा बैंककमा पक्राउ परेका पर्शुराम गुरुङले आफूलाई ज्यानको खतरा रहेको भन्दै नेपाल नपठाइदिन नेपाली दूतावासलाई आग्रह गरेका छन्।

थाई प्रहरीको नियन्त्रणमा रहेका गुरुङले बैंककस्थित दूतावासलाई हस्तलिखित पत्र पठाएर बैंककमै राखिदिन आग्रह गरेका हुन्। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

गुरुङको पत्र दूतावासले वैशाख १० मा काठमाडौंस्थित कन्सुलर विभागमा पठाएको थियो। कन्सुलरबाट परराष्ट्र मन्त्रालय हुँदै उक्त पत्र गृह मन्त्रालय पुगेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोमा मात्रै उनीविरुद्ध ३० वटाभन्दा बढी उजुरी छन् भने अन्य पीडित सम्पर्कमा आइरहेका छन्। ब्युरोका एक अधिकारीका अनुसार पर्शुरामले ठगेको रकम २० करोडभन्दा माथि पुग्ने देखिन्छ।

Exit mobile version