विराटनगर / विराटनगर महानगरपालिका–१२ मंगलबारेस्थित भित्री सडक खण्डमा शुक्रबार ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
को २ च २१२४ नम्बरको ट्रयाक्टरले ठक्कर दिंदा दीपनारायण राजवंशीकी छोरी १० वर्षीय चन्द्रकला राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । अरुणोदय आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत चन्द्रकलालाई विद्यालय जाँदै गर्दा विहान साढे ९ बजे ट्रयाक्टरले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारका क्रमममा कोसी अञ्चल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।
