Site icon Tukinetwork.com

गुडिरहेको मोटरसाइकलमा टायरले लाग्दा माझीटारमा २ जना घाइते

विदुर- नुवाकोटको विदुर नगरपालिका–५ मा टायर कान्लाबाट अचानक गुडेर आउँदा मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका छन् । पीपलटारबाट बट्टारतर्फ आउँदै गरेको बा ६७ प,५५७९ नम्बरको मोटरसाइकल माझीटारस्थित सडकमा आफ्नै लेनमा गुडिरहेका समयमा टायरले मोटरसाइकललाई ठक्कर दिई सडक तल खसालेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा परी चालक ४९ वर्षीय जयराम मगर सामान्य घाइते र पछाडि सवार ४० वर्षीया मखमली थापा मगर गम्भीर घाइते भएको बताइएको छ । प्रहरीका अनुसार घाइते जयरााको विदुरस्थित चक्रदेव पोलिक्लिनिकमा सामान्य उपचार भएको र मखमलीलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

Exit mobile version