कुनै एउटा ठूलो कम्पनीको गेटको सामुन्नेमा एउटा प्रशिद्ध समोसाको पसल थियो । लन्चको समयमा अक्सर कर्मचारीहरु त्यहाँ गएर समोसा खाने गर्थे । एकदिन कम्पनीको एक म्यानेजरले समोसा खाँदा खाँदै समोसा बेच्ने व्यापारीसंग ख्याल ख्याल ठट्टाको मुडमा आएर बहश गर्न थाले ।
म्यानेजर साहबले समोसासंग सित भने ‘यार ! महेश्वर, तिमीले आफ्नो पसल धेरै राम्रोसंग मेन्टेन गरेको छौ तर के तिमीलाई लाग्दैन कि तिमी आफ्नो समय र ट्यालेन्ट समोसा बेचेर बर्बाद गरिरहेका छौ ? सोच यदि तिमी म जस्तै यो कम्पनीमा काम गरीरहेको हुन्थ्यौ भने आज कहाँ हुन्थ्यौ, हुन सक्थ्यो आज तिमीपनि म जस्तै म्यानेजर हुनेनै थियौ ।
यो कुरा सुनेर समोसावलले धेरै सोचेर मात्रै जवाफ फर्काए ‘सर ! यो मेरो काम तपाईको काम भन्दा धेरै गुणा राम्रो छ , १० वर्ष पहिला म जब टोकरीमा समोसा बेच्ने गर्थे त्यतिबेला देखिनै तपाइको नोकरी लागेको थियो । त्यतिबेला म महिनाको एक हजार रुपैया कमाउथे तपाइको तलब १० हजार थियो । गएको १० बर्ष भित्रमा हामी दुवै जनाले धेरै मेहनत गर्यौ ।तपाईं सुपरभाइजरबाट मेनेजर बन्नुभयो र म त्यो टोकरीमा समोसा बेच्दा बेच्दै प्रसिद्ध पसल सम्म आइपुगे ।
आज तपाईं महिनाको ४० हजार कमाउनु हुन्छ र म महिनाको डेढ लाख , तर यो कुराको कारणले मैले आफ्नो कामलाई राम्रो भनिरहेको छुइन, यो त म बच्चाहरुको कारणले भनिरहेको छु । अलिकती सोच्नुस ! मैले यो काम धेरै कम कमाइबाट काम शुरु गरेको थिए , तर मेरो बच्चाहरुलाई यो सब झेल्नुपर्दैन ।मेरो पसल मेरो छोराहरुलाई मिल्नेछ , मैले जिन्दगीमा जुन मेहनत गरेको छु त्यसको लाभ मेरो बच्चाहरु ले उठाउनेछन । जबकी तपाइको जिन्दगीभर को मेहनत को लाभ तपाइको मालिकका बच्चाहरुले उठाउनेछ ।
अब तपाइले आफ्नो बच्चाहरुलाई सिधै आफ्नो पोस्टमा ल्याएर राख्न सक्नुहुन्न , उसलाई पनि तपाई जस्तै जिरोबाट शुरु गर्नुपर्नेहुन्छ र आफ्नो कार्यकालको अन्त्यमा त्यही पुग्नेछ जहाँ अहिले तपाईं हुनुहुन्छ , जबकी मेरो छोराले बिजनेशलाई यहाँबाट माथी अझै लिएर जानेछ र आफ्नो कार्यकालमा हामी सबैभन्दा अगाडि निस्किएको हुनेछ ।अब तपाई आफैं भन्नुस कसको समय र ट्यालेन्ट बर्बाद भइरहेको छ , ? म्यानेजर सर ले समोसा बेच्नेलाई दुई समोसा को ३० रुपैया दिए र केही नबोली त्यहा बाट चुपचाप निस्किए ।
यसर्थ मित्रजनहरु , जसलाई आफ्नो “काम” मा भरोसा हुन्छ उसले नोकरी गर्दछ तर जसलाई “आफुमा” भरोसा हुन्छ त्यसले व्यापार गर्दछ । अरुको कामबाट स्वतन्त्रता कहिल्यै मिल्दैन, अरुबाट परिचालित हुनुपर्ने हुन्छ, कहिल्यै रचनात्मक (क्रीएटिभ) बन्न सकिँदैन हमेशा रिपिटिएटिभ भएर समय र उमेरलाई बर्बाद गरीरहेको हुन्छ । आउनुहोस हामी सबै मिलि देशलाई समृद्ध बनाउनु छ। काम खोज्ने होइन काम दिने बनौं। जय नेपाल।
यो पनि पढ्नुस
हामी लेखेर दिन्छौ :- पुरुष बिना महिलालाई केही फरक पर्दैन तर,महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ!
हामी लेखेर दिन्छौ :- पुरुष बिना महिलालाई केही फरक पर्दैन तर,महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ!
पुरुष र महिलामा को उत्कृष्ट ?समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् । महिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ ।तपाईं महिला नै हुनुपर्ने कारण के हो ?म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको विचार, व्यवहार, धैर्य, सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् ।
घरपरिवार, बालबच्चा, कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्हो छ ।संसारमा लि· भेद किन भएको होला ?संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् ? पुरुषहरू सदैव महिलाको शक्ति र क्षमतासँग डराउँछन् । पछिल्लो समयमा महिला दमन, हिंसा र विभेदका बाबजुद पनि शक्तिमा आउन थालेका महिलाको शक्ति र क्षमतासँग डराएर संसारभर नै लिङ्गभेद हुँदै आएको हो ।पुरुषविना महिलाले मात्र संसार चल्छ ?पुरुषविना महिलाको संसार अघि बढ्न सक्छ तर महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन ।
तपाईंले पुरुष र महिला दुवैको जीवन जिउँदा अनुभव गरेको फरकपन ?मलाई भित्रैदेखि महिला हुँ भन्ने अनुभूति हुन्थ्यो तर समाजका लागि जबरजस्ती आफूलाई पुरुषका रूपमा ढाल्न खोज्थें त्यो जटिलता म मात्र अनुभूति गर्न सक्छु । जे होस् दुवै जीवन जिउँदा अहिले मलाई महिला भएकोमा गर्व लाग्छ । पुरुष भएर अरूलाई दबाएर बाँच्न पाउने च्वाइस पनि ममा थियो तर मैले नारी जीवन रोजेँ । अरूमाथि हिंसा एवं विभेद गर्नु नपरोस् भनेर मैले महिला नै हुन चाहेँ । पुरुष सदैव पुरुषत्वको धाकमा महिलामाथि अधिकार जमाउन खोज्छ भने महिलाहरू त्यस्ता चुनौतीलाई चिरेर पनि अघि बढ्न अग्रसर हुन्छन् ।पुरुष र महिलाका सम्बन्धमा छुट्टाछुट्टै व्याख्या गर्नु परे तपाईंको परिभाषा के हुनेछ ?महिलाहरू सहनशील, चौतर्फी व्यवस्थापकीय सीप र क्षमतायुक्त, जति नै दबिएर बसे पनि बाहिर आउन सक्ने हुन्छन् । नारीसँग अद्वितीय शक्ति छ–रजस्वला र आमा बन्न सक्ने । नारी शब्द सुन्दर र शक्तिशाली छ जुन आफैं उत्पन्न भएको कुरा होइन, नारीभित्र रहेका विविध क्षमतायुक्त तत्वले बनाएका हुन् । पुरुषलाई म हैकमवादी सोच भएको प्राणी भन्न चाहन्छु जसको सोच कहिल्यै पूर्णरूपमा परिवर्तन हुँदैन थोरै भैहाले पनि केही न केही अंश जीवितै रहन्छ
