समाचार

अपडेट : घरबाट हराएकाे १७ दिनपछि बेलबारीको जंगलमा भेटियो खड्काको शव

माेरङ / घरबाट सम्पर्क विहीन भएको १७ दिनपछि मोरङको बेलबारी नगरपालिका–१० भाउन्ने स्थित सिंहदेवी सामुदायिक वनमा ५१ वर्षीय कुमार खड्काको शव फेला परेको छ । गत बैशाख २ गतेबाट सम्पर्क विहीन भएका स्थानीय बासिन्दा खड्का बिहीबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा सामान्य विवाद भएपछि आफन्तकोमा जान्छु भनेर हिंडेका उनी २ दिन धरानस्थित आफन्तकोमा बसेको पनि खुलेको छ ।

छोरा विवेक खड्काले सामान्य वादविवाद गरेर घरबाट बुवा निस्किएको र २ दिन धरानमा आफन्तकोमा बसेपछि सम्पर्क विहीन भएको प्रहरीलाई बताएका छन् । विवेकले शव आफ्नै बुवाको भएको बताए ।
घोप्टो परेको शव सडेर वरपर दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घाँस दाउरा गर्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीका अनुसार मृतक खड्काको साथमा २ वटा विषादीका बट्टा र केही पैसा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शवलाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *