काठमाडौं – बंगालको खाडीको दक्षिणपूर्वी भागमा भएको शक्तिशाली चक्रावात फानीको प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको छ। मौसमबिदले बताए अनुसार शक्तिशाली चक्रावात फानीको प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको छ ।अहिलेसम्मको पुर्वानूमानअनुसार यो चक्रवात पर्सि अपराह्नपछि नेपालको पूर्वी भूभागनजिक हुँदै उत्तर–उत्तर पूर्व जाने क्रममा धेरै कमजोर हुनेछ।
उक्त चक्रावात नेपाल आउने सम्भावना अहिलेसम्म नदेखिए पनि नेपालको पूर्वी र मध्य हिमाली भागमा भारी हिमपात तथा प्रि–मनसुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ। देशका मध्य, पश्चिम र पूर्वका केही भेगमा बेलुकीपख मेघगर्जन र असिनापानी सहित छिटफुट पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
