बिचार/ब्लग

रिना बस्नेतको दाहसंस्कार पछि आमाले रुँदै यसो भनिन ,जे गरेनी छोरी फर्केर आउँदिन

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा ९ दिनअघि गत शनिबार नग्न अबस्थामा मृत फेला परेकी २९ वर्षिया रुपा भनिने रिना बस्नेतको आइतबार दाहसंस्कार गरिएको छ । घटनाको अनुसन्धानलाई प्रभावकारी बनाएर जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाउने सहमतिपछि आफन्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा शवको अन्त्येष्टी गरेका हुन् । वीरबहादुर बस्नेतको घरको तीन तलामाथि १४ वर्षीय छोरासहित डेरा बस्दै आएकी रिना यही बैशाख ७ गते शनिबार विहान निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन ।

आन्दोलनका कारण सोमबार र मंगलबार पथरी बजार तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २९ सेल अश्रुग्यास प्रहार गर्दा ५ जना घाइते भएका थिए । झडपमा परेर तीन प्रहरी पनि घाइते भए । हत्यामा संलग्नलाई कारवाही हुनु पर्ने, शान्ति सुरक्षा कायम गर्नु पर्ने, महिला हिंसा बन्द गर्नु पर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएकाले शनिबार इलाका प्रहरी कार्यालय पथरी अगाडि धर्ना पनि दिए ।रिना बस्नेतको दाहसंस्कार पछि उनकी आमा संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *