Site icon Tukinetwork.com

क्याप्टेन विजय लामा निलम्बित, वायुसेवा निगमको प्रवक्ताबाट हटाइए

काठमान्डाैं / प्रवक्ताको जिम्मेवारीमा हुँदा लामाले बोलेको कुरा सुरक्षाका दृष्टिकोणले संवेदनशिल भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले लमामाथि शशर्त निलम्बनको निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाएसम्म लाइसेन्स निलम्बन गरेको जानकारीसहितको पत्र प्राप्त भएपछि निगमले उनलाई पदमुक्त गरेको हो । उनलाई केही दिन अघि विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको मा लामाकाे जवाफ चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाए लाइसेन्स निलम्बन हुने जानकारी दिएको थियो ।

उनी प्रवक्ता पदमा रहिन्जेल जहाज उडाउन नपाउने भएपछि लामालाई प्रवक्ताबाट पदमुक्त गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । उनले निगमले लामालाई प्रवक्ताबाट पदमुक्त गरेको पत्र प्राप्त भएकाले अब उडानमा रोक नलाग्ने जानकारी दिए । प्राधिकरणको निर्णयअनुसार नेपाल एयरलाइन्सले लामालाई प्रबक्ताको जिम्मेवारीबाट हटाएको थियो। प्राधिकरणले भनेअनुसारको काम भएपछि अब लामालाई जहाज उडाउन कुनै रोकतोक नभएको एक उच्च अधिकारीले जानकारी दिए।

Exit mobile version