धनुषा–गत वैशाख ५ गते पतिले मट्टीतेल जिउमा खन्याएर जलाएकि निर्मला यादवको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौं अथित वर्ण हस्पिटलमा आज दिउँसो ३ बजे उपचारकै क्रममा निर्मलाको मृत्युु भएको हो ।
२४ वर्षीय मुकेश गोइत यादवले पत्नी २० वर्षकी निर्मला यादवलाई जिउमा मट्टी तेल खन्याएर आगो लगाएका थिए ।त वैशाख ५ गते दिउँसो घरमा कोहि नभएको मौकाछोपी पति मुकेशले निर्मलाको हातखुट्टा बाँधेर जिउमा मट्टी तेल खन्याई आगो लगाका थिए ।निर्मलको शरीरको ७० प्रतिशत भागको छाला जलेर उनी गम्भीर घाइते भएकी थिइन् ।
