Site icon Tukinetwork.com

काठमाडौँबाट उडेको विमानको ढोका नखुलेपछि देखियो कहिल्यै नदेखिएको दृश्य

काठमाडौँ – काठमाडौँबाट धनगढी गएको श्री एयरलाइन्सको जहाजको ढोका नखुलेपछि धनगढी विमानस्थलमा केही बेर रमिता नै भयो । श्री एयरलाइन्सको नाइन एन एएमओ जहाजको ढोका नखुलेपछि यात्रुहरु आधा घण्टा विमान भित्रै थुनिन पुगेका छन् । घटना हो सोमबार दिउसोको । काठमाडौँबाट उडेको सो विमान निर्धारित समयमा नै धनगढी पुगे पनि श्री एयरलाइन्सको नाइन एन एएमओ जहाजको ढोका नखुलेपछि यात्रुहरु अलमलमा मात्रै परेनन् केही बेर अत्तालिए पनि ।

लामो समयसम्मको प्रयास विफल भएपछि अन्तत यात्रुहरुलाई पाइलट चढ्ने तथा ओर्लने ढाोकाबाट बाहिर निकाल्न एयरलायन्स बाध्य भयो । ल्याण्ड हुने बितिकै ढोका खोल्ने प्रयास गरिएको थियो। तर आधा घण्टा प्रयास गर्दा पनि ढोका नखुलेपछि यात्रुहरुलाई पाइलट ढोकाबाट बहिर निकालिएपछि बल्ल प्राविधिकको टोली जहाज मर्मतका लागी पुगेको बताइएको छ ।

Exit mobile version