जनकपुर । आईतबार विहान करिब ३ः२७ बजे आएको विनाशकारी हावाहुरीका कारण जनकपुरको विभिन्न भागमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हावाहुरीका कारण जनकपुरको पुलचोकमा रहेको घर टहरा, विजुलीको पोल, रुखहरुलाई ढालेको बताइएको छ ।
बारा पर्सामा गत चैत्तमा गएको विनाशकारी हावाहुरी भन्दा कमजोर भएपनि धनुषाको विभिन्न ठाउँमा व्यापक क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार जिल्लाभरी हावाहुरीले के कति क्षति भएको छ यसको बारे जानकारी संकलन गरिरहेको जानकारी दिएका छन ।
