Site icon Tukinetwork.com

खुलामञ्चमा बनाइएका सटरहरु भत्काउन पुगेकी उपमेयर खड्गीमाथि आक्रमणको प्रयास

काठमाडौँ । काठमाडौंस्थित खुलामञ्चमा अवैधानिक रुपमा निर्माण गरिएका भौतिक संरचनाहरु भत्काइएको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अवैधानिक रुपमा निर्माण गरिएका सटरहरु भत्काउन शनिबारबाट सुरु गरेको हो । सो क्रममा उपमेयर हरिप्रभा खड्गीमाथि व्यापारीहरुले आक्रमणको प्रयास गरेका थिए । तर, प्रहरीको घेरामा थिइन् उपमेयर खड्गी । उनीमाथि दुर्व्यवहार हुन पाएन । प्रहरीले सुरक्षित रुपमा उपमेयर खड्गीलाई खुलामञ्चबाट बाहिर लैजान सफल भयो । तर, व्यापारीहरुले उनीविरुद्ध नाराबाजी गरेका थिए ।

यसअघिव्यापारीले खुलामञ्च अतिक्रमण गरेपछि काठमाडौँबासीले वैशाख १२ गतेका दिन विरोध प्रदर्शन गरेका थिए । त्यसपछि महानगरपालिकाले त्यसको छानबिन गरी पसलहरु हटाइने बताएको थियो । शनिबार डोजर लगाएर त्यहाँ बनाइएका सटरहरु भत्काएको हो ।

निर्माणाधीन काठमाडौँ भ्यू टावरको निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले सम्झौताविपरीत अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएको थियो । जसका नागरिकस्तरबाट व्यापक विरोध भएपछि महानगरले शनिबार भत्काएको हो ।

Exit mobile version