एजेन्सी । भारतीय एयरलाइन्स जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन् । ५३ वर्षका शैलेष कुमार सिंह पछिल्लो तीन वर्षदेखि पेटको क्यान्सरसँग जुधिरहेका उनले आत्महत्या गरेको भारतीय प्रहरीले पुष्टी गरेको छ । वित्तिय संकटका कारण अस्थायी रुपमा बन्द भएको समयमा नै ति कर्मचारीले यसै वर्ष मार्चदेखि तलब पाउन छोडेपछि उनी थप तनावमा थिए । अस्पतालमा रहेका उनलाई शुक्रबार घर लगीएको थियो ।
घर गएकै दिन चौथो तलाबाट हाम फालेर उनले प्राण त्यागेको भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । स्रोतका अनुसार उनका जेठा छोरा पनि जेट एयरवेजमा नै काम गर्दै आएको र उनले पनि लामो समयदेखि तलव पाएका छैनन । बिबिसकिा अनुसार भारतीय एयरलाइन्स जेट एयरवेजका कर्मचारीहरु सबैको आर्थिक अवस्था तनावले भरिएको छ ।
