Site icon Tukinetwork.com

डा.सुरेन्द्रको राज्यलाई प्रश्न नै प्रश्न : महिला हिंसा र भुकम्प पिडितलाई किन हेला?

प्राध्यापक डाक्टर सुरेन्द्र केसी ले आजभन्दा चार बर्ष अघि बैशाख १२ गते आजकै दिन गएको भुकम्पको स्मरण गर्दै आज सम्म भुकम्पपिडितका घर नबन्नु ,पिडित ले राहत नपाउनुमा सरकारको ठूलो कमजोरी र गैर जिम्मेवारी कार्य मुख्य भएको उल्लेख गर्नुभएको छ । पिडितको कुनै सहारा र बिकल्प नभए पछि भुकम्प पिडित नागरिक कस्टकर जोखिममा सरकार बिहिन भएर बाचिरहेको दुखद परिस्थिति उल्लेख गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण माथी समेत प्रश्न गर्नु भएका केसी ले सरकारलाई सच्चिन र जिम्मेवार बन्न सचेत गराउनु भएको छ।

रानी पोखरी को जग्गामाथी बेइमानी भै रहेको उल्लेख गर्दै केसी ले रानी पोखरी को २० कुइन्टल माछा मा सरकारी हाकिमको आँखा परेपछी बाट रानी पोखरिमा गिद्दे दृस्ठि सुरुभएको भन्दै अहिले बालुवाटार बेची खाने माफियाले रानी पोखरि ताकिरहेको आरोप पनि लगाउनु भएको छ । भुकम्पको जोखिम कायमै रहेकोले आगामी दिन विशेष गरि काठमाडौ ले अझै ठूलो क्षति बेहोर्नु पर्ने परिस्थिती रहेको भन्दै वहाले गहिरो चिन्ता समेत ब्यक्त गर्नु भएको छ ।

Exit mobile version