काठमाडौँ- भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६।१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको हो ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो ।भूकम्पको क्षतिबारे विवरण आँउन बााकी रहेको छ । त्यस्ते आज काठमाडौँमा पनि भुकम्प गएको थियो ।
