न्युरो अस्पतालमा उपचारत सुर्खेतका ब्रेन ट्युमर पिडित लाल बहादुर खत्रीको उपचारको आर्थिक सहयोग प्राप्त भएको छ। पिएनपिमिडियामा सम्प्रेषण भएको भिडियो हेरेर सहयोगी दाताले उनलाई एक लाख प्रदान गरेका थिए। आर्थिक स्थिति कमजोर भएका कारण उनका भाई बुहारी गंगाखत्रीले काठमाडौँको पसल-पसलमा सहयोग रकम उठाउदै खत्रीको उपचार गराउदै आएका छन्। अहिले उनको अप्रेशन गरिएको छ। उनको अप्रेशन ७० प्रतिशत सफल भएको छ भने उपचार भईसकेको छ। अहिलेसम्म उनको उपचारमा ११ लाख जति खर्च भईसकेको छ भने अबको रकम कसरी जुटाउने भनेर खत्री परिवार अन्योलमा छ।
वैदेशिक रोजगारका लागि स्वास्थ्य जाँच गर्दा उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। काठमाडौँमा आफ्नो आफन्त नभएका कारण उनीहरु होटेलमा भाडा माझेर खाने र बस्ने व्यवस्था मिलाएका छन्। खत्री परिवारको सम्पति कान्छो छोराको मुटुमा प्वालको उपचार गरेर सकियो। बिगत ६ महिना देखि ब्रेन ट्युमरबाट ग्रसित लाल बहादुर खत्रीकी श्रीमतीले पनि आफ्नो होसहवस गुमाउन थालेकी छिन्। आफ्नै श्रीमानलाई पनी अन्टी, छोरा भन्न थालिसकेकी छिन्।
गंगाले आफ्नो जेठाजुको उपचारका लागि पर्याप्त पैसा जुटाउन सकिरहेकी छैनन्। अहिलेसम्म ऋण र काठमाडौँको पसलहरुमा मागेर उपचार गराउदै आएकी छिन्। गत महिना एस.ई.ई. सकाएर आएका ट्युमर पिडितका छोरा भर्खरै बाबुलाई अस्पतालमा दिनरात कुर्ने गर्छन। यी १५ वर्षीय बालक भन्छन, ‘मेरो बाबालाई बचाईदिनुहोस।’
