Site icon Tukinetwork.com

हिमालय लजमा अष्ट्रेलियन नागरिकको मृत्यु

काठमाडौ-  लेक लागेर १ जना विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ बर्षका अष्ट्रेलियन नागरिक रहेका छन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ फिरुचेमा लेक लागेर मंगलवार उनको अचानक मृत्यु भएको हो ।

नेपाल ट्रेकिङ एण्ड एक्सपिडिसन प्रा.ली. मार्फत भ्रमणमा आएका ५ जना मध्ये गोरक्सेप जाने क्रममा लेक लागेर बिरामी भई फर्किएर फिरुचे स्थित हिमालय लजमा बास बसेका उनको आज बिहान मृत अवस्थामाफेला परेका हुन । मृतकको शव आजै हेलीकोप्टरद्वारा काठमाण्डौ पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Exit mobile version