Site icon Tukinetwork.com

मालिका मन्दिर जहाँ चिच्याएर मागेको वर अवस्य पूरा हुनेछ, सेयर गर्नुहोस मनले चिताएको पूरा हुनेछ

गुल्मीमा बैकुण्ठ चतुदर्शीका अवसरमा लाग्ने मालिका मेला तथा मालिकादेवीको दर्शनका लागि बाग्लुङ्ग तथा अर्घाखाँची लगायतका जिल्लाका भक्तजनहरु मालिका मन्दिरमा शुक्रबार विहानैदेखि दर्शन तथा पुजाआरधा गर्न हजारौ दर्शनार्थीहरुको घुइचो लागेको छ ।

साथै चिच्याएर बर माग्ने परम्परा तोड्दै अहिले मनमनै माग्न थालिएको छ । पहिला अन्धविश्वासले पनि चिच्याउने गरेको भएता पनि आजभोलि त्यो परम्परा क्रमश अहिलेको पुस्ताहरु प्राय सबै पढेलेखेका र विद्धान र चेतनाको स्तर वृद्धि भएपछि बर पाइन्छ भने मनले कल्पना गरेपनि बर पाइन्छ भनेर प्राय सबैले मनमनै बर माग्ने गरेको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्माले बताए ।

जिल्लाको मुसिकोट नगरपालिका ६ कुर्घामा रहेको मालिका मन्दिर जिल्लाकै धार्मिक तथा पर्यटकीय क्षेत्रकै रुपमा प्रसिद्ध मानिने गरेको छ । मालिकादेवीको दर्शन गर्न जिल्लाका विभिन्न स्थानबाट तथा छिमेकी जिल्ला बाग्लुङ्ग, अघाखाँची लगायतका स्थानहरुबाट हजारौ दर्शनार्थीहरु मालिकामा आएर चिच्याएर बर माग्ने गर्दछन् । आफ्नो मनाकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वासका साथ मन्दिरको दर्शन गर्ने र भाकल चढाउन मालिकामा भक्तजनको घुइचो लागेको हो ।

बैकुण्ठ चतुर्दर्शीको अवसरमा लाग्ने मेला र महोत्सवलाई मध्यनजर गरि मालिकाको दर्शन गर्न विभिन्न स्थानहरुबाटअघिल्लो दिन अर्थात विहिवार साँझदेखि नै टाढा टाढाबाट सवारी साधन र पैदल यात्रा गरि हजारौँ श्रदालु भक्तजनहरु मालिकादेवीको दर्शन आएको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शर्माले बताए ।

समतिका अध्यक्ष शर्माले भने ‘दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मध्यनजर गरि आज शुक्रवार विहानैदेखि मन्दिरमा परेवालाई बलीको रुपमा नचढाई परेवा शान्तीका प्रतिक भएको हुदा परेवालाई मन्दिरमा उडाउने व्यवस्था गरिएको छ।’

मेलासँगै मन्दिर आसपासमा रहेका होटल व्यवसाय,पुजा आरधनाका सामाग्री,र फलफूल लगायतबाट व्यापारीहरुले लाखौको कारोवार हुने गरेको छ।

शिव बैकुण्ठ चतुदर्शीको अबसर पारेर विगत केहि बर्षयता निरन्तर रुपमा मालिकाको प्रसार प्रचार गदै मालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पुगोस भनि विगत निरन्तर रुपमा मालिका महोत्सव आयोजना गदै आएको मालिका महोत्सव समितिका आर्थिक संयोजक रामप्रसाद अर्यालले जानकारी दिए ।

यो पनि पढ्नुस

कण्डमको प्रयोग १५ हजारवर्षअगाडि प्रयोगमा आएको इतिहास छ । फ्रान्सका प्राचिन गुफामा मानिसले कण्डम प्रयोग गरेको १२ हजार देखि १५ हजार वर्ष पूराना चित्र भेटिएका छन् । सन् १६०० तिर जनावरको आन्द्राबाट बनाइएको कण्डम सर्वप्रथम सर्वसाधारणका लागि उपलब्ध भएको थियो ।

तर महंगो भएका कारण तिनीहरु पटक पटक प्रयोग गरिन्थे । सन् १८३९ मा चाल्र्स गुडइयरले पहिलोपटक रबरको कण्डम विकास गरेका थिए । त्यसपछि धेरै कम्पनीले यसको सिको गरेका थिए । सन् १९५७ मा अमेरिकी कण्डम उत्पादक कम्पनी डुरेक्सले पहिलोपटक चिल्लोपदार्थसहितको कण्डम उत्पादन ग¥यो ।

मध्यपूर्वी देशमा कण्डम विभिन्न तरिकाबाट प्रयोग गरिन्छ । किसानहरुले पानी बोक्न प्रयोग गर्छन्, छानोमा चुहिने ठाउँमा प्रयोग गर्छन् र सडक मजदूरले सडकलाई चिल्लो बनाउन कण्डम प्रयोग गर्छन् । भारतको बनारस शहर साडीका लागि चर्चित मानिन्छ ।

सरकारले निःशुल्क रुपमा वितरण गरेको कण्डम अचानक त्यहाँ निकै लोकप्रिय भएछ ।

यसको कारण खोज्दै जाँदा डाक्टरहरुले के पाएछन् भने कण्डम त्यहाँ साडीलाई चिल्लो बनाउन प्रयोग गरिदो रहेछ । बताइएअनुसार एउटा बनारसी सारी बनाउन १४ वटा कण्डमको प्रयोग हुन्छ ।

अमेरिकी सेनाले पनि कण्डम प्रयोग गर्छन्, तर, सेक्सका क्रममा होइन । उनीहरुले बगेको रगत रोक्न, पानी बोक्न, सर्जिकल ग्लोभ्सको रुपमा र बन्दुकमा बालुवालगायतका फोहोर पस्न नदिन कण्डम प्रयोग गर्छन् ।

Exit mobile version