काठमाडौं- करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यृ हुनेमा भुवन अधिकारी रहेका छन् । गोरखाको गण्डकी गाउँपालिका–३ साबिकको फुजेल गाविसमा बिजुलीको पोलमा काम गर्न जाँदा उनको करेन्ट लागेर मृत्यृ भएको हो । अन्दाजी ३५ वर्षीय भुवन अधिकारीको बिहान ८ः३० बजे करेन्ट लागेर मृत्यु भएको थियो ।
बिजुलीको पोलमा काम गर्न जाँदा प्राधिकरणसँग सल्लाह गरेर गएको स्थानीय धुव्र दुवाडीले जानकारी दिए । उनले भने, प्राधिकरणको लापरबाहीको कारण भुवनको तत्काल करेन्ट लागेर मृत्यु भएको हो ।’अहिले पनि उनको शव बिजुलीको तारमा झुन्डिएको अवस्थामा रहेको छ ।
