Site icon Tukinetwork.com

पथरी काण्ड ‘हत्यारा पक्राउ गर’ भन्दै सडकमा उत्रिए स्थानीयबासी

गत शनिबार मोरङजिल्लाको पथरी शनिश्चरे नगरपालिकास्थित २९ बर्षीय रिना बस्नेत आफ्नै डेरा अगाडी सडकमा नग्न अवस्थामा मृत फेला परेकी थिइन ।

बस्नेतको मृत्यु शकास्पद देखिएपछि स्थानीयबासीले सोमबार इलाका प्रहरी कार्यालय घेराउ गरेका छन्।‘मृतकलाई नारा दे, शान्ति सुरक्षा कायम गर भन्दै स्थानीयबासिले चर्को नारा लगाईरहेका छन्। हत्यारा पक्राउ गर्न माग माग गर्दै राजमार्ग समेत् बन्द गरेका छन्।

प्रहरीले रिना बस्नेत मृत्यु प्रकरणलाई गम्भीर रुपमा लिएर अनुसन्धान नगरेका कारण मुख्य दोषी फरार हुने सम्भावना देखिएको कारण उनीहरु सडकमा उत्रिएका हुन्। प्रहरीले अनुसन्धानमा रिनाले अत्यधिक मदिरा सेवन गरी शौचालय जाने क्रममा लडेर मृत्यु भएको हुन् सक्ने बताएका थिए। स्थानीयबासीले भने शरीरमा घाउचोट भएको कारण हत्या नै भएको दावी गरिरहेका छन्। यद्दपी पोस्टमार्टमको रिपोर्ट भन्ने आइसकेको छैन।

Exit mobile version