इनरूवा- पत्नीको धारिलो हतियार प्रहारबाट पतिको ज्यान गएको छ । इनरुवा नगरपालिका वडा नम्वर ७ चाँदबेलाको बरछवामा पत्नीको हतियार प्रहारबाट २८ वर्षिय मुकेश ऋषिदेवको मृत्यु भएको हो । रिवारमा दिनहुँजसो झैझगडा गरिरहने उनीहरु हरेकदिनजसो मादक पदार्थ सेवन गर्ने गरेको बताइएको छ ।
बेलुकी पख घरमै देखिएकी श्रीमती घटना पश्चात नदेखिनुले पतिको हत्यामा उनकै संलग्नता रहेको आशंका गरिएको छ ।
खाना खाँदै गरेको अवस्थामा झगडा भएको र आवेशमा धारिलो हतियारले हिर्काए पश्चात मुकेशको मृत्यु भएको हुन सक्ने घटनाको प्रकृतिले देखाएको छ ।मुकेशका टाउको र ढाँडमा चोट लागेको छ । धारिलो हतियार दाउ प्रहार गरी मुकेशको घरभित्रै हत्या भएको अवस्थामा शव फेला परेको सुनसरी प्रहरीले जनाएको छ ।
मुकेश दुई छोराछोरी र पत्नी सहित बरछवा स्थित घरमा बस्दै आएका थिए । हत्या पश्चात श्रीमती बिमला ऋषिदेव फरार छिन् भने नाबालाक छोराछोरीको समेत अत्तोपत्तो छैन् । घटनास्थलमा कानको टप र घडीको टुक्रा फेला परेको जनाएको छ । प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको र बिमलाको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
