Site icon Tukinetwork.com

बेन्जिमाको ह्याट्रिकसँगै रियल मड्रिडको शानदार जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा जिनेदिन जिदानको टिम रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई ३–० ले हराएको हो । रियल मड्रिडको जितमा तीनै गोल करिम बेन्जिमाले गरेका हुन् । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा बेन्जिमाले दोस्रो हाफमा ह्याट्रिक गरेर टिमलाई जित दिलाएका हुन् ।

४७ औँ मिनेटमा पहिलो गोल गरेका बेन्जिमाले ९० औँ मिनेटमा तेस्रो गोल गरेका हुन् । त्यसअघि उनले ७६ औँ मिनेटमा खेलमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

जितपछि तेस्रो स्थानको रियल मड्रिडको ३३ खेलबाट ६४ अंक भएको छ । उ दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा चार अंकले पछि छ । शीर्षस्थानको बार्सिलोनाको ७७ अंक छ । पराजित भएको सातौँ स्थानको एथ्लेटिको बिल्बाओको ३३ खेलबाट ४६ अंक रहेको छ ।

Exit mobile version