Site icon Tukinetwork.com

टिपरमा ठोक्किएर घिसारिएपछि काठमाडौं आउँदै गरेको मोटरसाइकलमा आगो लाग्यो, दुई घाइते

काठमाडौँ – भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई घाइते भएका छन्। घाइते हुनेहरुमा रामेछापको उमाकुण्ड गाउँपालिका ३ बस्ने २३ वर्षीय राजु गुरागाईं र २६ वर्षीय गोविन्द गुरागाईं रहेका छन्। टिपरमा ठोक्किएर सडकमा घिस्रिएपछि मोटरसाइकलमा आगलागी समेत भएको छ ।

बा ४ ख ५७३४ नम्बरको टिपर र सूर्यविनायकबाट काठमाडौंतर्फ आउँदै गरेको को २१ प ३९५४ नम्बरको मोटरसाइकल एकापसमा   भक्तपुरको सूर्यविनायक नपा ६ पाण्डोबजारमा ठोकिउको थियो ।कालोपत्रे सडकमा घिस्रिएको कारण घर्षण हुँदा मोटरसाइकलमा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घाइतेहरुको भक्तपुरको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ ।

Exit mobile version