सोलुखुम्बु – लडेर सोलुखुम्बुमा एकजना अमेरिकन नागरिकको ज्यान गएको छ । ज्यान जानेमा ३६ वर्षका अमेरिकन नागरिक क्रिस्टोफर बेन्डन रहेका छन् ।भ्रमणको सिलसिलामा सगरमाथा आधार शिविर पुगेका उनको शनिबार
लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
सगरमाथा आधार शिविर पुगेर फर्कने क्रममा खुम्बुपासाङल्हामु गाउँपालिका–३ को फाक्दिङमा लडेर उनको ज्यान गएको हो । कानुनी प्रक्रिया पूरा गरेरे उनको शव काठमाण्डौको शिक्षण अस्पताल लगिने प्रहरीले बताएको छ ।घटनाबारे अनुसन्धान भइरहेको छ ।
