Site icon Tukinetwork.com

झापामा डेढ करोडको लागतमा होटल सञ्चालन

बनियानी,- झापाको मेचीनगर–६ मा रु एक करोड ५० लाखको लगानीमा होटल सञ्चालनमा आएको छ । झापाका व्यवसायी खिलबहादुर गिरीको एकल लगानीमा ‘होटल पेरिस’ सञ्चालनमा आएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी होटल सञ्चालनमा ल्याएको सञ्चालक गिरीले बताउनुभयो । “स्तरीय होटल नहुँदा पर्यटक यहाँ बास नबसी फर्किन्छन”्, उहाँले भन्नुभयो, “पर्यटकलाई खान÷बस्न समस्या नहोस् भन्ने हाम्रो सोच हो ।” होटलमा १५ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् ।

Exit mobile version