एजेन्सी – भारतमा एक मतदाताले झुक्किएर गलत राजनीतिक पार्टीलाई मत दिएपछि आफ्नै औँला काटेका छन् ।उनले भारतीय जनता पार्टीलाई झुक्किएर भोट दिन पुगेको भन्दै आफ्नो बायाँ हातको चोरी औँला काटेका हुन् ।औँला काट्ने उत्तर प्रदेशको बुलन्दशहरको कोतवाली क्षेत्रको अब्दुल्लापुर हुलासन निवासी २४ वर्षीय पवन कुमार रहेका छन् ।
बहुजन समाज पार्टीका समर्थक बताउने उनले झुक्किएर हतारमा भारतीय जनता पार्टीलाई भोट दिन पुगेपछी औँला काटेका हुन् ।उनले गलत पार्टीलाई भोट दिएको कारण अफशोच जनाउँदै औंला काट्ने बित्तिकै ती युवकलाई अस्पताल लगिएको थियो । औंला काटेका उनलाइ उपचारपछि घर पठाइएको छ । गलत पार्टीलाई मत दिए पछि रिसले चुर हुदाँ हातको चोरी औंला काटेको बताएका छन् ।
