बिचार/ब्लग
पाथीभरामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल
सूर्यशौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख ४ गते बुधबार नेपाल सम्बत ११३९ चौलाथ्व तदनुसार सन् २०१९ अप्रिल १७ तारिक चैत्र शुक्लपक्ष त्रयोदशी तिथि राती ९ वजेर १ मिनेटसम्म उप्रान्त चतुर्दशी तिथि,उत्तरफाल्गुुनी नक्षत्र राती १० वजेर ३० मिनेटसम्म उप्रान्त हस्ता नक्षत्र,ध्रुवयोग,कौलवकरण,आनन्दादियोग प्रवद्र्ध,सूर्य मेष राशीमा,चन्द्रमा कन्या राशीमा । योगिनी दक्षिण दिशामा,काल राहु नैऋत्य दिशामा,चन्द्रमा दक्षिण र शुक्र पूर्व दिशामा भ्रमण गरिरहेका छन् ।यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह, क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।
मुहूर्त
अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३८मिनेटबाट मध्यान्ह १२ वजेर २९मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–विहान १० वजेर २८ मिनेटबाट मध्यान्ह १२ वजेर ४ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–मध्यान्ह १२ वजेर ४ मिनेटबाट अपरान्ह १ वजेर ४० मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ७ वजेर १६ मिनेटबाट ८ वजेर ५२ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–पूर्वान्ह ११ वजेर ३८मिनेटबाट मध्यान्ह १२ वजेर २९मिनेटसम्म रहनेछ
बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर १६ मिनेटसम्म लाभ वेला,७ वजेर १६ मिनेटबाट ८ वजेर ५२ मिनेटसम्म अमृत वेला,८ वजेर ५२ मिनेटबाट १० वजेर २८ मिनेटसम्म काल वेला,१० वजेर २८ मिनेटबाट १२ वजेर ४ मिनेटसम्म शुभ वेला,१२ वजेर ४ मिनेटबाट १ वजेर ४० मिनेटसम्म रोग वेला,१ वजेर ४० मिनेटबाट ३ वजेर १६ मिनेटसम्म उद्वेग वेला,३ वजेर १६ मिनेटबाट ४ वजेर ५३ मिनेटसम्म चर वेला र ४ वजेर ५३ मिनेटबाट सूर्यास्तसम्म लाभ वेला रहनेछ ।
बार वेला
सूर्यास्तबाट ७ वजेर ५३ मिनेटसम्म उद्वेग वेला,७ वजेर ५३ मिनेटबाट ९ वजेर १७मिनेटसम्म शुभ वेला,९ वजेर १७मिनेटबाट १० वजेर ४१ मिनेटसम्म अमृत वेला,१० वजेर ४१ मिनेटबाट १२ वजेर ५ मिनेटसम्म चर वेला,१२ वजेर ५ मिनेटबाट १ वजेर २९ मिनेटसम्म रोग वेला,१ वजेर २९ मिनेटबाट २ वजेर ५३ मिनेटसम्म काल वेला,२ वजेर ५३ मिनेटबाट ४ वजेर १६ मिनेटसम्म लाभ र ४ वजेर १६ मिनेटबाट सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।
राशीफल
मेषः– संघर्ष गरेर मात्र लक्ष्यमा पुग्न सकिनेछ । काममा प्रतिश्पर्धीहरु निस्कने छन् । अधुरा काम सम्पादन हुनेछन् । व्यापर व्यवसायबाट आम्दानी बढ्नेछ । खानपानमा ध्यान दिनु होला स्वास्थ्य कमजोर बन्न सक्छ । पढाई लेखाईमा खासै प्रगति हुने छैन । पारिवारिक समस्या समाधान भएर जानेछन् । खेलाडीको लागि दिन बढि अनुकुल देखिन्छ ।
वृषः– काम गर्दा समस्या आउने छन् तर ती प्रयत्नबाट केहि समाधान हुनेछन् । दुविधा मुक्त भएर अगाडि बढ्नु होला । यात्रामा सामान्य समस्या आउन सक्छ । व्यापार व्यवसायबाट सोचे लाभ लिन सकिने छैन । आफुमा भएको उर्जालाई सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।
मिथुनः– अनावस्यक कुराले मनलाई पिरोल्नेछ । पारिवारिक खर्च अधिक बढेर जानेछ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन । राज्यसँग सम्बन्धित काममा बढि समस्या आउने देखिन्छ । मनमा अशान्ति बढ्नेछ । भौतिक सुखमा कमि आउनेछ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त सँग मनमुटाव बढ्नेछ ।
कर्कटः– समय सामान्य अनुकुल देखिन्छ । निणर्य क्षमता थोरै कमजोर देखिन्छ भने कार्य क्षमता बढ्नेछ । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति गरिनेछ । अरुबाट सहयोग लिएर काम गर्ने सपना नदेख्नु होला ।
सिंहः– बाह्य कुरामा ध्यान नदिई काम गरेमा उपलब्धि हात लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । अरुको भर नपर्नु होला आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पहिलो प्रयास असफल हुनसक्छ । दोहो¥याएर गरेका काम सफल हुनेछन् । कृषि औजार तथा यान्त्रिक कामबाट बढि लाभ हुनेछ ।
कन्याः– गतिरोधको अन्त्य हुनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । रोकिएका काम अगाडि बढ्नेछ । काम गर्र्ने जोश जागर बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । व्यापारबाट सामान्य आम्दानी हुनेछ । आफन्तबाट कुराको सहयोग पाईनेछ तर व्यवहारिक सहयोग भने पाईने छैन । कुरा भन्दा काममा जोड दिनु होला ।
तुलाः– समय प्रतिकुल देखिन्छ । अस्थिरता बढ्नेछ । नयाँ काममा हात नहाल्नु होला । राम्रो गर्न खोज्दा नराम्रा हुनसक्छ । कर्म क्षेत्रमा चाण्डालको आगमन हुनसक्छ सतर्क रहनुहोला । विना उपलब्धिको यात्रा हुनसक्छ । व्यापार घट्नेछ भने खर्चमा वृद्धि हुनेछ । घरका समस्याले मनलाई अशान्ति बनाउनेछ ।
वृश्चिकः– दिन सामान्य अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । ज्ञान,शिप र वुद्धिको विकास हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । राजनीति तथा नोकरीबाट भने कम सन्तुष्टि मिल्नेछ ।
धनुः– समयले साथ दिनेछ । बाधा अवरोधहरु विस्तारै किनारा लाग्ने छन् । कामलाई निरन्तरता दिनु होला । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । आर्थिक कारोवारमा सचेत रहनु होला । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ ।
मकरः– समयमा सामान्य सुधार आउनेछ तर पूर्ण साथ भने दिने छैन । स्पष्ट कार्य योजना बनाएर अगाडि बढ्नु होला । लगनशिल भई गरेका केहि उपलब्धिका काम सफल हुनेछन् । साझेदारी काममा हात नहाल्नु होला । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । उपकारी काम हुनेछन् ।
कुम्भः– दिन प्रतिकुल देखिन्छ । अन्तिम चरणमा पुगेका काम रोकिन सक्छन् । परिश्रमको प्रतिफल कम मिल्नेछ । विश्वासमा धोका हुनसक्छ । काम गर्ने वातावरण विग्रेने छ । स्वास्थ्यमा समस्या आउनेछ । कहि कतैबाट आस्था र विश्वासमा चोट पुग्न सक्छ । खर्चालु र कष्टपूर्ण यात्रा हुनसक्छ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ।
मिनः– काममा सरलता आउनेछ । विवादको अन्त्य हुनेछ । प्रयत्न गर्दा नयाँ काम हात पार्न सकिने छ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । दामपत्य जीवनमा सामान्य सुखानुभूति हुनेछ । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । विदेश यात्राको योग देखिन्छ ।