Site icon Tukinetwork.com

विश्वकै दुर्लभ प्रजातिको एक कछुवाको मृत्यु, अब संसारमा ३ वटा मात्रै बाँकी

काठमाडौं । विश्वकै दुर्लभ प्रजातिमा पर्ने एक पोथि कछुवाको चीनमा मृत्यु भएको छ । यो प्रजातिको कछुवाहरु विश्वमै ३ ओटा मात्रै रहेका छन् ।

यो प्रजातिको कछुवालाई अस्तित्व जोगाउन चीनमा सो कछुवाको गर्भधारण गराउने प्रयास गरिएको थियो । गर्भधारण सफल नभएका कारण यसको मृत्यृ भएको हो । तर विस्वमै अतिदुर्लभ मानिने यो प्रजातिको कछुवाको खपटा भने नरम हुने गर्दछ ।

यो प्रजातिको कछुवालाई चीनको दक्षिणी क्षेत्र सुजो चिडियाखानामा राखिएको थियो । यसको गर्भधारण सफल नभएका कारण मृत्यृ भएपछासडि अब संसारमै तीन ओटा मात्रै रहेका छन् । विज्ञहरुका अनुसार यसलाई ९० वर्षको सो कछुवालाई यसअघि चारपटक कृत्रिम गर्भधान गरिएको थियो । तर पांचौ पटक गर्भधान गर्दा यसको मृत्यृ भएको हो ।

Exit mobile version