Site icon Tukinetwork.com

अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँ घट्यो

चितवन-अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँले घटेको छ । नेपाल अण्डा उत्पादन संघले जनाए अनुसार अण्डाको बजार सन्तुलन कायम राख्न सोमबारदेखि लागु हुने गरी अण्डको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटाइएको छ ।यसअघि प्रतिगोटा १३ रुपैँया पर्ने अण्डाको मूल्य १० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपालमा हाल दैनिक ५० लाख वटा अण्डा उत्पादन हुने गरेको संघले जनाएको छ। नेपालमा अहिले दैनिक एक करोड ९२ लाख रुपैयाँ नोक्सानी भइरहेको छ।बर्ड फ्लुले पोल्ट्रीजन्य बस्तुको खपतमा नकारात्मक प्रभाव परेको अण्डा उत्पादक संघले जनाएको छ।

Exit mobile version