Site icon Tukinetwork.com

नयाँ प्रहरी ऐनः सेवाहदबारे प्रहरीभित्रै विवाद, यस्तो छ सेवाहदको राजनीति

काठमाडौँ / नयाँ प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढेपछि नेपाल प्रहरीमा सेवाहदबारे विवाद चर्किएको छ । केही प्रहरी अहिलेको ३० वर्षे सेवाहद कायमै राख्नुपर्ने पक्षमा छन् भने अर्काथरी हटाउनुपर्ने पक्षमा छन् । दुईथरी लबिङका कारण गृह मन्त्रालयका अधिकारी नै अन्योलमा परेका छन् ।

यस्तो छ सेवाहदको राजनीति

०४८ देखि प्रहरीमा सेवाहदको राजनीति हुन थालेको थियो । त्यसबेला सरकारले रत्नशमशेर राणालाई हटाएर मोतीलाल बोहरालाई आइजिपी बनाउन ३० वर्षे सेवाहद लागू गरायो । तर, लगत्तै सेवाहद हटाएको थियो । ०६५ मा फेरि सेवाहद लागू भएपछि यो कायमै छ । सेवाहदसम्बन्धी प्रावधान नियमावलीमा हुँदा मन्त्रिपरिषद्ले सहजै संसोधन गरी आफू अनुकुल निर्णय गर्दै आएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

Exit mobile version