Site icon Tukinetwork.com

लिभरपुलका पूर्व कप्तान टोमी स्मिथको उमेरमा निधन

काठमाडाैँ । लिभरपुलका पूर्व कप्तान टोमी स्मिथको ७४ बर्षको उमेरमा मृत्यु भएको छ । पछिल्लो समय विभिन्न रोगबाट ग्रसित स्मिथको शुक्रबार राति मृत्यु भएको हो । उनकी छोरी जेनिटी सिम्पसनले आफ्ना पिताको निधन सहज रुपमा भएको बताएकी छिन् । सन् १९६० देखि ७० को समयमा घरेलु तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा क्वललाई सफलता दिलाउन महत्वपूर्ण योगदान गरेका स्मिथ १८ वर्ष एनफिल्डमा वबताएका स्मिथ एनफिल्ड आइरन का रुपमा पनि परिचित थिए ।

लिभरपुललाई सन् १९७७ को युरोपियन लिगको उपाधि दिलाउन उनले फाइनलमा गोल गरेका थिए । स्मिथले लिभरपुलबाट सन् १९६० देखि १९७८ सम्म खेल्दा कुल ६३८ खेल खेलेका थिए ।

Exit mobile version