uncategorized

के काँग्रेसका कारण युवाहरु धमाधम विदेशीएका हुन् ? नेकपाका यि जिम्मेवार तथा चर्चित नेताले लगाए गम्भिर आरोप

काठमाण्डौ – नेकपाका नेता झलनाथ खनालले सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण युवाहरु बिदेसिन बाध्य भएको बताएका छन् ।आज काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ले याँ वर्षको सन्दर्भमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले यस्तो बताएका हुन् । खनालले ठूलो संख्यामा युवाहरु बिदेसिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाएका छन् ।

उनले कांग्रेसले २०४६ साल यता पटक पटक सरकारको नेतृत्वको अवसर पाउदा मुलुकवासीका लागि उपलब्धिमूलक काम गर्न नसकेको बताएका छन् ।उक्त कार्यक्रममा नेता खनालले भने ‘नेपाली कांग्रेसका साथीहरुले हामी गर्छौँ भनेर अहिले गफ लगाउनुभएको छ । तर ४६ साल पछाडि अवसर प्राप्त भएको हैन रु पटक पटक बहुमत प्राप्त भएको होइन । तर के गर्नुभो रु सारा देशलाई गरिबीमा डुबाउनुभयो ।

सारा देशमा बेरोजगारीमा डुबाउनु भो । आज झण्डै ५० लाख भन्दा बढी युवाहरु विदेशमा जान बाध्य भइरहेका छन् । यो बाध्यता खडा गर्‍यो कसलेरु नेपाली कांग्रेसका साथीहरुलाई म एक पटक आफ्नो अनुहार ऐनामा हेर्न भन्न चाहन्छु ।’उनले पछिल्लो समय लोडसेडिङ गराउने तत्व सक्रिय भएकोले त्यस किसिमको षडयन्त्रविरुद्ध उभिन सरकार र नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *