Site icon Tukinetwork.com

५२ वर्ष देखि नेपालमा बस्छन् अर्का फिलिप, ८२ वर्षको उमेरमा ३ घण्टा हिँडेर अफिस जान्छन्,पुतली बाजेको दर्दनाक कथा

 सुन्दर नगरी पोखरा, पोखरा भन्ने वित्तिकै संसारले पर्यटकीय ठाउँ भनेर चिन्ने गर्दछ । यहि पोखरामा एक जना ८२ वषीय वृद्ध विदेशी नागरीक विगत ५२ वर्ष देखि बस्दै आएका छन् । उनको नाम कलिन फिलिप स्मित हो । उनलाई सबैले पुतलीबाजे भनेर चिन्ने गर्दछन् ।

बिक्रम संवत २०२२ सालमा UN युनाइटेड मिसनको शिक्षक भएर नेपाल आएका थिए । केहि समय काठ्माण्डौ बसेपछि उनि पोखरा आए । पोखरामा गण्डकी बोर्डीङ स्कुलमा २ वर्ष विज्ञान र गणित बिषय पढाएर उनि गोर्खाको एक स्कुलमा पढाउन गए । त्यहाँ पुतलीबाजेले नेपालका २ चर्चित व्यक्ति बाबुराम भट्टराई र उपेन्द्र देवकोटालाई पढाएका थिए ।

८२ बर्षको उमेरमा पनि उनि पुतलीकै अनुषन्धानमा लागिरहेका छन् । अहिले पनि उनि एउटा गैरसरकारी संस्था लिबर्डमा स्वयंसेवा गरिरहेका छन् । उनि लामागाउँबाट बिहान १ घण्टा हिँडेर लिबर्ड पुग्छन् र दिउसो २ घण्टा हिडेरै कोठामा पुग्ने गर्दछन् । ५२ वर्ष नेपालमै बिताएका उनी आफूलाई नेपाली नागरिक सरह ठान्छन् र सबैले पुतली बाजे भनेकोमा मख्ख पनि छन् । ५२ वर्ष नेपालमै बिताएका उनको अन्तिम इच्छा नेपाली भएर मर्नु हो । नेपाली नागरिकताका लागि धेरै प्रयास गरे पनि नपाउँदा उनी खिन्न छन् ।

Exit mobile version