Site icon Tukinetwork.com

भारतमा ३ जना नेपालीको रहस्यमय मृत्यु, नेपाल प्रहरीको टोली घटनास्थल जाँदै

दाङ । कामको शिलशिलामा भारत पुगेका दाङका तीन जनाको रहस्यमय मृत्यु भएको छ । भारतमा दाङ शान्तिनगर गाउँपालिका–२ अमुवाका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वलीको रहस्मय मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जर्नाको छ । यही चैत ६ गते पूर्णबहादुर वली बेपत्ता भएपछि नोखिराम भण्डारी र प्रकाश वली उनको खोजी गर्न भन्दै भारत गएका थिए। वलीको खोजीमा गएका भण्डारी र वली चैत १० गते भारतको कुल्लु मनालीको भीरमूनि मृत फेला परेका थिए।

भण्डारी र वलीको शव चैत १२ गते दाङ ल्याएर प्रहरीले आफन्तको जिम्मा लगाएको थियो। वेपत्ता पूर्णबहादुर वलीलाई खोजी गर्ने क्रममा चैत २५ गते भारतको कुल्लु मनालीको पतलिकुहलको जंगलमा शव फेला परेको दाङ प्रहरी भनाइ छ ।

वलीको शव बिहीबार दाङ ल्याइएको छ। वलिका परिवारले शव बुझ्न मानेका छैनन् । अमुवाका ४६ वर्षीय जाईफली मियाले मजदुरीका लागि मंसिर १४ गते भारतको कुल्लुमनाली लगेका थिए। मृतका आफन्तहरुले भारत र्पुयाउने मियामाथी कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ गरेका थिए ।

यसैबीच घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय तुलसीपुरबाट एकजना प्रहरी अधिकृतसहित स्थानीय जनप्रतिनिधि र पीडित परिवारका सदस्य भारत जाने भएका छन् । भारत जान आउन तथा त्यहाँ अनुसन्धानका क्रममा लाग्ने सम्पूर्ण खर्च शान्तिनगर गाउँपालिकाकाले बेहोर्ने सहमति भएको छ।

Exit mobile version