बिचार/ब्लग

चैती छठ पर्व अन्तरगत आज अस्ताउँदो सूर्यको पूजा

राजविराज / आजचैते छठपर्व धुमधामका संग मनाईदै छ । मंगलबारदेखि शुरु भएको चैत छठ पर्वको तेश्रो अर्थात आजमुख्यदिन रहेको छ । आजअस्ताउदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भोलीशुक्रबार विहानउदाउदो सूर्यको अर्घ दिएपछि छठ पर्वको समापनहुनेछ । कार्तिकमामनाईने छठ पर्व जतिको संख्यमाश्रद्धालुभक्तजनहरु नभएपनिविस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ ।

चार दिनसम्ममनाईने यस पर्वको पहिलो दिननुहाएर चोखो खाने चलन छ भने पञ्चमीकादिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमाब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमाखीर ,केरा, दुधएवम् विभिन्नप्रकारको फलफुल चढाईने गरिन्छ । पर्वको तेश्रो दिनअस्ताउदो सूर्यलाई अर्घ दिनब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षागर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु पोखरीमाप्रवेश गरि खष्ठीमाताको ध्यानगर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।

अर्घमामुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवललागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमीतिथीकादिनउदाउदो सूर्यलाई अर्घदिई पर्वको समापनगर्ने चलन छ । सप्तरी सदरमुकाम राजविराजस्थितभगवती, कल्टु, पूर्णि, तुरुन्तीलगायतकापोखरीका साथै जनकपुरको गंगासागर ,अंर्गजापोखरी ,धनुष सागर सहितकाविभिन्नजलासयहरुमा छठ पर्व गर्ने तथा हेर्ने दर्शनार्थीहरुको घुईचो लाग्ने गर्दछ चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने तथाचर्म रोग निको हुने र मानसिक प्रसन्नताप्राप्तहुने जन विश्वास रहि आएको छ । धार्मिक आस्था ,विश्वास तथा सद्भावको रुपमामनाईने यो पर्व केहीवर्ष पूर्व सम्ममारबाडी समुदायका केहीव्यक्तिहरुले मात्रमनाउने गर्दथे । तर वर्षेनी यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ । चिताएको मनोकामना पुरा भए पछि आफुले यो पर्व मनाउनथालेको नेहारानीगुप्ताको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *