पाल्पा । निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ।
मृत्यु हुनेमा ७८ वर्षीया यानिसरा ढेंगा रहेको जिल्लाप्रहरी कार्यालय पाल्पाले जनाएको छ।
ज्यामिरेबाट नवलपरासीको सर्दीतर्फ चुनढुंगा लिएर जाँदै गरेको लु २ ख २६१४ नम्बरको टिपरले पानी बोकेर बाटो काट्ने क्रममा रहेकी उनलाई ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु भएको हो।
टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
