Site icon Tukinetwork.com

पप्पु कन्स्ट्रक्सनले राजधानीमै बनाएको २० करोडको पुलमा गाडी चल्न सकेन

काठमाडौँ / चिनियाँ जेआइइसी र पप्पु कन्स्ट्रक्सनले संयुक्त रुपमा बनाएको टेकु–कालिमाटी जोड्ने पुल निर्माण भएको नौ महिनासम्म सञ्चालनमा आएको छैन । २० करोडको सम्झौतामा ठेकेदारले १३ करोड लगिसके, पुलमा रंगरोगन पनि गरिसके तर भार थाम्दैन भन्दै सरकारले बन्द राखेको छ ।

६० मिटर लामो पुलको बीचको ३० मिटर खण्ड अड्याउन १५० एमएम रेडियसको १५ वटा लठ्ठा दुवैतर्फ तान्नुपर्ने ठेक्का सम्झौता भए पनि मापदण्डविपरित ५ एमएम कम रेडियस भएको लठ्ठा हालेको भेटिएको छ । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

Exit mobile version