समाचार

धरानमा आधा घाँटी काटिएकाे अवस्थामा शव फेला, घटना रहस्यमय, मृतक रातदिन ‘इन्द्रजाल’ पढ्थे

धरान / धरानमा घाँटी काटिएको अवस्थामा शव फेला परेको छ । धरान ९ आचार्यलाइनमा लामोसमयदेखि साइकल मर्मत केन्द्र सञ्चालन गर्दे आएका राजविराज घर भएका ३० बर्षीय रितेषप्रसाद देव आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । मृतक देवको घाटीको पछाडिको भाग हतियारले गरिहरो चोट लागी घोप्टो अवस्थाा शव भेटिएको धरान प्रहरील जनाएको छ ।

विहान ४ बजे उठेर सधै पूजा गर्ने मृत ऋषिदेव मृत अवस्थामा भेटेपछि उनकै दाजु पुस्करप्रसाद देवले प्रहरीलाई खबर गरेका थिए । मदन कर्माचार्यको घरमा डेरा गरी लामो समयदेखि साइकल ममर्त गर्दै आएका उनी विहान चार बजेको समयमा पूजा गर्दै गरेको अवस्थामा देखेको स्थानीयहरु बताउछन् । एक्कासी विहान ७ बजे प्रहरी आएपछिमात्र रितेस मृत अवस्थामा भएको थाहा पाएको छेउमै डेरा गरी बस्ने छिमेकीहरुले बताएका छन् ।

मृतक परेको अवस्थामा शव पहेलो गेरु वस्त्रमा फेला परेकाे थियाे । देवका आफन्तहरुले प्रहरीलाई दिएको बयानमा देवले पटक पटक ‘बुढो भए, म भगवानको घर जान्छु र मुक्ति पाउछु’ भन्ने गरेको बताइएको छ । देवको कोठामा तन्त्रमन्त्र गराउन आउनेहरु छिटफुट आउने गरेको स्थानियले बताएका छन् । साथै कोठाका भित्ताहरुमा भगवानका नाममा लेखिएका छन । जुन रगतले लेखिएको अनुमान गरिएको छ । उनको कोठाबाट बिभिन्न भगवानका तन्त्र बिध्या सम्बन्धि पुस्तकहरु समेत भेटिएको छ ।

५ दाजुभाई मध्ये काइला सबैसंग मिलनसार व्यक्ति भएको छिमेकीहरु बताउछन् । मृत्युको कारण के हो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घट्ना स्थलको मुचुल्का उठाउने काम गरेको छ । घटना के कसरी भयो भन्ने विषयमा ा छानविन भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिससपी सुमन तिम्सिनाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *