मनोरञ्जन
नौमती बाजामा नौ झापाली ब्राम्हण , जातीय संकीर्ण सोचबाट माथि उठेर संस्कृति संरक्षणमा जुट्यो एक्टिभ नाइन समूह
झापा / प्रायजसो शुभकार्यमा अनिवार्य मानिने नौमती बाजा व्यावसायिक हुन सकेको छैन् । पुस्तौदेखि प्रयोगमा आएपनि नौमती बाजा व्यावसायिक हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । नयाँ पिढीले पुरानो पेशालाई अगाल्न नचाहेपछि नौमती बाजा संरक्षणको पर्खाइमा छ । हरेक शुभ कार्यमा निकै प्रख्यात हुने नौमती बाजाका धुन अहिले गाउँघरमा समेत कम सुनिन थालिएको छ । कारण पश्चिमी संस्कृतिको प्रभावका कारण व्याण्ड बाजाले स्थान ओगटेको छ ।



