काठमाडौं, ९ फागुन । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा मोन्टेपिलरलाई ५-१ को विशाल गोल अन्तरले पराजित गरेको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले मोन्टेपिलरविरूध खेलको १३ औं मिनेटमा गोलको खाता खोलेका थिए।
५-१ को जित हासिल गर्ने क्रममा पिएसजीका लागि कुर्जावा, एन्जल डी मारिया, एनकुन्कु र केलिएन एमबाप्पेले गोल गरेका थिए भने एक गोल उसले मोन्टेपिलरबाट आत्मघाती गोलका रूपमा जोडेको हो।
