Site icon Tukinetwork.com

कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाउन किसान र गरीबमुखी कार्यक्रम

सुर्खेत,७ फागुन । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

e”ld Joj:yf, s[lif tyf ;xsf/LdGqL ladnf s];Ln] ;f]daf/ s[ifssf] u’gf;f] l;w} cfkm” tyf ljifo lj1af6 ;’Gg] x]t’n] k};f gnfUg] 6f]n lk|m gDa/ !^^)*#%@)!@ af6 b’O{hgf s[ifs;Fu kmf]g u/]/ pb\3f6g ub{} . t:jL/ M z’/axfb’/ l;+x, /f;;÷s0ff{nL k|b]z ;’v]{t .

मन्त्री केसीले प्रदेशको संरचनाविहीन अवस्थामा टेबल, कुर्सी जोडेर शून्यविन्दुबाट कार्य थालनी गरेको सरकारले कृषिमा आत्मनिर्भर कर्णाली बनाउने आधार तयारी गरेको बताउनुभयो । “प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशमा जैविक उत्पादनका आधार तयार गर्ने निर्णय गरेको थियो”, मन्त्री केसीले भन्नुभयो, “त्यसको कार्यान्वयन गर्न ‘खाद्य सुरक्षाउन्मुख जैविक कृषिको आधार तयार गरौँ, विशिष्टिकृत कृषि तथा सहकारी विकासबाट समृद्ध कर्णाली प्रदेश निर्माण गरौँ” भन्ने मूल नारालाई सार्थक बनाउन जैविक विशेष कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

Exit mobile version