काठमाडौँ, २४ माघ । सञ्चारकर्मी तथा मोडल पवन भट्टराई नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । हिजोमात्रै चिलचित्र निर्माण समुहले भट्टराईसंग सम्झौता गरेको छ । उक्त सम्झौतासंगै भट्टराईले महँगो पारिश्रमिक लिएको पनि खुलासा भएको हो ।
‘किराँती ईन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम भने निर्माण पक्षले अहिले खुलाउन चाहेन् । उक्त चलचित्रका निर्देशक बिश्चल किरातीले भट्टराईलाई भने आफूहरुले चाहेअनुसारकै लगानी गरेको सनसनीपूर्ण खुलासा गरे ।
