काठमाडौं, २३ माघ । नेपाल बिस्कुट उत्पादक संघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई सोमबार ज्ञापनपत्र बुझाएको छ। संघका अध्यक्ष वसन्त कुमार चौधरीको नेतृत्वमा गएको डेलिगेशन सहितको टोलीले मन्त्री यादवलाई वर्तमान बिस्कुट उद्योगको अवस्थाबारे जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको हो।
ज्ञापन पत्रमा विदेशी बिष्कुटलाई निषेध गर्न, उत्पादन प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न, चिनी आयातको ५ प्रतिशत भन्सार महसुल सुबिधा उपलब्ध गर्न, नेपालमा तयारी बिष्कुटको आयात रोक्न र सरकारबाट विशेष सहुलियत प्रदान गर्नका लागि संघले माग गरेको छ।
