Site icon Tukinetwork.com

मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन्ः पूर्वप्रधानमन्त्री डा भट्टराई

खोटाङ,२१ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताएका छन ।‘असल राजनीति र समावेशी विकासका लागि जन संवाद’ अभियानका क्रममा खोटाङमा रहेका डा भट्टराईले यस्तो बताएका हुन ।

k”j{k|wfgdGqL 8f= e§/fO{ vf]6fªdf …c;n /fhgLltsf nflu hg;Djfb’ sfo{qmd lnP/ d]rL–dxfsfnL ofqfdf lg:sg’ePsf gofF zlQm kf6L{ g]kfnsf ;+of]hs Pj+ k”j{k|wfgdGqL 8f= afa’/fd e§/fO{ ;f]daf/ vf]6fªsf] lbQm]ndf :yfgLojf;L;Fu e]63f6 ub}{ . t:jL/ M s]bf/ du/÷vf]6fª, /f;;

विकास जनताको लागि भएकाले विकास निर्माणका क्रममा जनतालाई उठिबास गराउन नहुने उनको तर्क रहेको जनाईएको छ । “मध्यपहाडी लोकमार्गमा पर्ने सबै जग्गाधनीले मुआब्जा पाउनुपर्छ”, दिक्तेलस्थित रत्नपार्कमा आज आयोजना गरिएको जनतासँगको भेटघाट कार्यक्रमममा उनले बताएका छन । “जल, जमीन र जङ्गल स्थानीय जनताको अधीनमा रहने संविधानमै व्यवस्था छ । जनताको अधीनमा रहेको जग्गामा निर्माण गरिने सडकले मिच्ने जग्गाको मुआब्जा दिलाउन म आफैँ पहल गर्नेछु ।”

Exit mobile version