Site icon Tukinetwork.com

भ्रामक प्रचारप्रति टानको ध्यानाकर्षण

काठमाडौँ,२१ माघ । पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल टानले केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पदयात्रा तथा पर्वतारोहण र उद्धारसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गरेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

टानका अध्यक्ष नवराज दाहालले आज एक विज्ञप्ति जारी गरी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको कार्यक्रमलाई नै प्रभावित तुल्याउने गरी भइरहेको अनर्गल प्रचारबाजीले समग्र पर्यटन क्षेत्रलाई असर पुग्ने भन्दै सम्पूर्ण राष्ट्रिय सञ्चार माध्यमलाई देशको पर्यटनको हितमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।

Exit mobile version